काठमाण्डौको रातोपुलमा प्रहरीले गोली चलायो
प्रहरीले काठमाडौंको रातोपुलमा एक अभियुक्त भाग्न खोजेपछी पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका फरार अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।
अभियुक्त लिम्बुको खुट्टामा गोली लागेको छ । अभियुक्त पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएकोले गोली चलाउनु परेको अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले लिम्बु इटहरीमा भएको डकैती सम्बन्धी घटनामा संलग्न थिए । एसपी राठौरका अनुसार लिम्बु कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएका व्यक्ति हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्