सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमती माईत पठाईदिएपछी बुवा र ठुलोबुवाको हत्या

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका २१ वर्षीय जहरलाल चौधरीले चिर्पटले हानेर आफ्नो बुवा र ठूलाबुवाको हत्या गरिदिएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार शुक्रबार बिहान उनले चिर्पटले हानेर करिब ५५ वर्षीय बुवा चंख चौधरी र करीब ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेका हुन् ।

टाउको र बायाँ कानमा चोट लागेकी आमा द्धिलबाहादीदेवी चौधरीको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए ।

बुवा र ठुलोबुवाको हत्या गरेको घटनापछी जम्मा भएका गाउँलेहरु ।

चिर्पटको प्रहारले उनकी आमा पनि घाइते भएकी छिन् । घटना बिहान ८ बजे घटेको भए पनि प्रहरीलाई १० बजेपछि मात्र खबर भएको लम्की प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जैसीले बताएका छन् । जहरलाललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्