सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

द्वन्द्धपिडित म्यानमारी महिला चिनिया पुरुषका श्रीमती

म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ । म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।

द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो।

चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरुलाई चिनियाँहरुले विबाह गर्ने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ। जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागु गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ ।

म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशहरुबाट पनि बर्षेनी हजारौँ महिलाहरू चीन लगिने गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्