सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चार जना राजदुतको नाम सर्वसम्मतले अनुमोदन

संसदीय सुनुवाई समितिमा ४ राजदूतको नाम सर्वसहमतिले अनुमोदन भएको छ । आइतबार भएको संसदीय सुनुवाई समितिको बैठकमा उनीहरुको नाम अनुमोदन भएको हो ।

बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम अनुमोदन भएको हो ।

प्रस्तावित राजदूतको प्रस्तुतिकरणपछि उनीहरु राजदूतका लागि उपयुक्त ठहर गर्दै निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरुलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्