अबैध २ किलो सुनसहित तामाङ प्रहरी नियन्त्रणमा
प्रहरीले रसुवाको धुन्चेबाट २ किलो सुनसहित एकजनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।
जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा निमा दोर्जे तामाङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङले जानकारी दिएका हुन् ।

स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार यात्रु निमा दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको दुई किलो सुन बरामद गरेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी तामाङले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्