सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मेयरले करोड पाएपछी रातारात बिक्यो हनुमन्ते खोला

एउटा खोलाको मूल्य कति हुन्छ ? हजार, लाख कि करोड । खोला त सार्वजनिक हो, यसको कुनै मूल्य हुदैन, यो किनबेच पनि हुदैन, यो नियम र कानूनका कुरा होलान् । तर सहमति बन्यो भने खोला करोडौं मूल्यमा बिक्री हुन्छ भन्ने कुरा यतिखेर भक्तपुरमा निकै चर्चाको विषय बनेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका र तत्कालिन बालकोट गाविस हुँदादेखि नै हनुमन्ते खोला फर्काउने चलखेल निकै पटक बन्यो । भूमाफियाले पैसा र पावरको आडमा प्रहरी, प्रशासन र माथिल्लो निकायसम्मलाई प्रभावमा पार्दै पटक–पटक हनुमन्ते खोला फर्काउने दुस्प्रयास गरिरहे ।

तत्कालिन समयमै करोडौंको खेल चलिरहयो । हनुमन्ते खोला बिक्ने र बिकाउने खेल चलिरहदाँ मध्यपुरथिमिका बासिन्दा यसको घोर बिरोधमा उत्रिरहे । बालकोट गाविस हुदाँ सिमा विवाद कै कारण फर्काउन नसकेको हनुमन्ते खोला तत्कालिन अनन्तलिङ्गेश्वर नगरपालिका हुदा पनि फर्काउने खेल चलिनै रहयो ।

भूमाफियाले राती–राती डोजर लगाएर खोला फर्काउन खोज्ने र मध्यपुरका बासिन्दा त्यसको प्रतिकारमा उत्रने काम भईनै रहयो । यो खेलमा ज्यान जाने खतरासम्म भए । हनुमन्ते फर्काउने र फर्काउन नदिने दुईपक्ष बिच हतियार बोकेरै आक्रमण र प्रत्याक्रमणको खेल डरलाग्लो भईरहदाँ स्थानीय आतंकितसम्म बन्न पुगे ।

यसमा ठूला नेताहरुको चलखेल पनि निकै नै रहेको चर्चा चलिरहयो । खोला फर्काउने आठ वर्षको प्रयास अन्ततः देशमा जनप्रतिनिधीको बाहालीपछि सफल भयो । पक्ष र विपक्षमा उभिएका नेताहरु अन्ततः खोला फर्काउने नै सहमतिमा पुगेपछि त रोए जस्तो गर, म कुटे जस्तै गर्छु भन्ने उखान झै भयो र करोडौँमा चलखेल भयो हनुमन्ते खोला ।

हनुमन्ते खोला

मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ यतिखेर निकै चर्चामा छन् । एकवर्ष अघि जब भूमाफियाले हनुमनते खोला फकाउन आए, त्यस बेला प्रतिकारमा उत्रिए मेयर मदन सुन्दर । उनले कुनै हालतमा खोला फर्काउन नदिने अडान दोहर्याए । उनका अडानका कारण उनकै पार्टीका नेताहरु समेत उनीबाट बिच्किए ।

त्यसको भोलीपल्ट रातारात खोला फर्कियो । त्यसपछि किन हनुमन्ते विवादमा मेयर ओईलाए ? रहस्य बन्दै आएको यो चर्चाको यतिखेर घुम्टो उख्रिएको छ । अन्ततः हनमुन्ते खोला करोडौंमा बिक्री भएको चर्चा यतिखेर बजारमा ब्यापक चलेको छ ।

कमाउनेले हनुमन्तेबाट निकै कमाए, सानादेखि ठूलासम्मको नाम जोडिए । सबै पार्टीका नेताहरु हनुमन्ते खोलाको विवादमा मौन बसे । श्रोत भन्छ–‘दुईसाता अघि करोडको खेल र गोप्य भेलामा अन्ततः मेयर श्रेष्ठले सहमति जनाए पछि बल्ल खोला बिक्रीको रहस्य खुल्यो ।’

यही खोलामा हनुमन्ते करिडोर र दुईवटा नयाँ शहर बन्ने सहमति भयो । विकास राम्रो हो तर यही विकाससंगै खोला फर्काउन नदिने अडानमा रहेका मेयर मदन सुन्दरले किन सहमति जनाए, यो कुरा मध्यपुर ठिमीका बासिन्दा जान्न चाहन्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्