नेपाललाई पुनः हिन्दुराष्ट्र घोषणा गर्नुपर्छः कोईराला
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने माग गरेका छन् । डा.कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउन जनमतसंग्रह गर्नुपर्ने समेत बताएका छन् ।
चितवनको भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याञ्चल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनताको सर्मथन र मतका आधारमा देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताएका छन् ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताएका छन् । उनले नेपालमा धार्मीक स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरेका थिए ।
देश हिन्दुराष्ट्र भएपनि धर्म मान्ने स्वतन्त्रता भने सवैलाई रहने महामन्त्री कोइरालाको भनाइ छ । महामन्त्री कोईरालाले पछिल्लो समय हिन्दु राष्ट्रका पक्षमा बोल्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्