सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गृहमन्त्री पुत्र प्रतिक यौनकर्मी युवतीसँग होटल गएपछी

गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाको बिषयमा बुधबारको जनआश्था साप्ताहिकले विवादास्पद समाचार प्रकासित गरेको छ । बिबादास्पद यस अर्थमा कि, गृहमन्त्री पुत्र प्रतिकको स्त्री मोह र पाँच महिना हुँदा पनि होटलको बिल भुक्तानी नभएको बिषयमा समाचार प्रकासित भएपछी चौतर्फी आलोचना हुन थालेको छ ।

जनआस्थाले लेखेको छ–सुन्दा पनि लाजलाग्दो कुरा छ कि, होटलवाला ‘तपाईं यहाँबाट निस्किहाल्नुस्’ भन्छन्, निस्कनुपर्नेले ‘म फलानाको छोरा हुँ, किन निस्किने’ भन्दै अटेरी गर्छन् । घटना साउन अन्तिमतिरको हो । गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म डेढ लाख बिल भुक्तानीको लफडा आएपछि यस्तो कुरा बाहिर आएको छ ।

गृहमन्त्रीपुत्र प्रतीक थापासहित ६–७ जनाको टोली पोखरा पुगेको थियो । एसपी ओम रानाले लेकसाइडस्थित होटल माउन्ट कैलाशमा कोठा भनिदिए । ‘जे–जे खान्छन, दिनु, बिल मकहाँ ल्याउनु’ भनेका थिए ।

उनीहरूले ब्ल्याक लेवल खाए । एउटाले पुगेन तीन–तीन बोतल रित्याए । यसपछि चाहियो युवती । राति सवा १० बजे एउटा गाडीमा पाँचजना पुगे । तीमध्ये मन्त्रीपुत्रले रोजेकी एकजना त्यहीँ रहने, बाँकी फर्किने गरी गएका थिए ।

तर, होटलका मालिक नरेश भट्टराईले त्यसो हुन दिएनन् । ‘तपाईं श्रीमती, हैन भने पनि गर्लफ्रेण्ड भए केही आपत्ति छैन । तर, मेरो होटलमा पेशेवर यौनकर्मीलाई आफ्नै आँखाले देखी–देखी बस्न दिन्नँ ।’

गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाको बिषयमा बुधबारको जनआश्था साप्ताहिकमा प्रकासित समाचार

प्रतीक र नरेशको गलफत्ति चल्यो । नरेशले भन्ने ‘तपाईंलाई कहाँ जान मन छ जानुस, यसरीचाहिँ मेरो होटलमा बस्न दिन्नँ’ भने । उनले आफू गृहमन्त्रीपुत्र भएको सुनाए । नरेशले भने, ‘तपाईं राष्ट्रपतिकै छोरो भए पनि, ट्रम्पकै छोरो भए पनि होटल मेरो हो ।

पेशेवर यौनकर्मीलाई मेरो होटलमा छिराउँदिन । यो म बस्ने घर पनि हो । परिवार यहीँ छन् । यस्तो असामाजिक काम मेरोमा हुँदैन ।’ त्यसपछि भाउन्निएर निस्कन खोजेका मन्त्रीपुत्रले मेरो रकम भन्दै पाँच हजार झिकेर दिन खोजे । होटलको रिसेप्सनमा बसेकाले लिन मानेनन् । किनभने, बिल एक लाख नाघिसकेको थियो ।

उक्त बिल कात्तिक लाग्दासम्म जिल्ला प्रहरी कार्यालयले भुक्तानी गरेको छैन । होटलको त व्यापार हो । सुरक्षा अधिकारीले भनेर दुई–चार हजार छाडिदिनु अर्को कुरा, तर डेढ लाख रूपैयाँले होटल डुब्छ । यसो भन्दै अहिले नेकपाकै कार्यकर्ताहरू बिलको फोटोकपी बोकेर कहिले गृह, कहिले पुलिस हेडक्वार्टर पुगिरहेका छन् ।

जनआस्थामा प्रकासीत समाचार

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS