सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलात्कारको पराकाष्ठा, आफ्नै बहिनी छाडेनन् दाजुले

ताप्लेजुङको फुङलिङ नगरपालिका–१ निवासी १९ वर्षीय युवक आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । घरमा कोही नभएको अवस्थामा १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

लामो समयदेखि बहिनीलाई जबरजस्ती गर्दै आएको र अन्तिम पटक गत मंसिर १८ र १९ गते बलात्कार गरेर फरार भएका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले बताएका छन् ।

युवकलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक निरौलाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्