सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफ्नै बाबुलाई छुरा प्रहार गरी छोराले गरे हत्या

मोरङमा छुरा प्रहार गरी एक जनाले आफ्नै बुवाको हत्या गरेका छन् । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ बर्षिय चुनु मण्डलले छुरा प्रहार गर्दा बुवाको मृत्यु भएको हो । बावुलाई छुरा प्रहार गरी भाग्ने क्रममा छोरा पक्राउ परेका छन् ।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार बिहीबार राति छुरा प्रहारबाट घाइते भएका बुवा शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा र्पुयाइएको थियो । तर उनको उपचारका क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

बिहीबार शशी मण्डल, जेठी श्रीमतीको छोरा आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्