ब्वाईफ्रेण्डसंग भेटेको बद्ला सेक्स गर्न खोज्दा
विवाहित महिलालाई प्रेमीसँग भेटेपछि ब्ल्याकमेलिङ गर्दै सेक्स गर्न दवाव दिँदा एक जनाको ज्यान गएको छ । प्रेमिसंग भेटिएकी ति महिलालाई सेक्स गर्न नदिए सबैलाई भनिदिने भन्दै ब्ल्याकमेलिङ गर्दा अन्ततः महोत्तरीका बचु महतोले ज्यान नै गुमाउनु परेको छ ।
प्रेमीसँग भेटिएकी ति विवाहित महिलालाई यौन सम्पर्क गर्न दबाव दिने महोत्तरीको औरही–२, फुलबरियामा ४० वर्षीय बचु महतोको गत बुधबार हत्या भएको हो । घटनामा संलग्न भएको अरोपमा जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर रहेका छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
महोत्तरीको औरही–२ की जितनीदेवी महतो विवाहित महिला हुन् । यद्यपि, उनको स्थानीय सुशील सहनीसँग प्रेम सम्बन्ध थियो । दुईजना सँगै बसेको बेला गत सोमबार स्थानीय बचु महतोले देखे ।
त्यो देखेपछि जितनीको मोबाइलसमेत उनले खोसेर लिए र सबै आ–आफ्नो घरतिर लागे । मंगलबारबाट बचुले जितनीसँग यौनसम्पर्कको प्रस्ताव राख्न थाल्छन् । त्यो कुरा उनले प्रेमी सुशीललाई सुनाउँछिन् ।
रिसले चुर भएका सुशीलले बचुसँग मोबाइल माग्छन् । बचुले दिन मान्दैनन् । अन्ततः उनीहरु बचुको हत्या गर्ने योजना बनाउँछन् । यो काममा उनीहरुले अनिल ठाकुरलाई समेत प्रयोग गर्छन् ।
अन्ततः २५ मंसिरमा बचु उखुबारीमा गएका बला उनीहरुले घाँटी थिचेर हत्या गर्छन् । लगत्तै, प्रहरीले अनुसन्धान थाल्छ । त्यसक्रममा जितनीदेवी आफ्नै घरबाट समातिइन् भने सुशील भारततिर भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट पक्राउ परे । ठाकुर भने सिन्धुलीबाट पक्राउ परे ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्