सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको जंगलमा एक नेपालीको कंकाल भेटियो

जापानको चिवा क्षेत्रमा पर्ने एउटा पहाडको जंगलमा मिलन पुन नाम गरेका एक नेपालीको मानव कंकाल भेटिएको छ । जापानस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार उक्त मानव कंकालसंगै मिलन पुनका नाममा जारी भएको आवासीय परिचय पत्र भेटिएको जापान प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ ।

जापानको चिबा प्रान्त अन्र्तगत पर्ने कातोरी प्रहरीका अनुसार उक्त कंकाल ३ वर्ष अघि बेपत्ता भएका मिलन पुनको हुनसक्ने अनुमान गरिएको छ । सन् २०१४ जुन महीनाको १६ तारिकमा जापानमा प्रशिक्षार्थी कामदारका रुपमा आएका पुन तीन वर्षअघि बेपत्ता भएको भनि उनका आफन्तले जापान प्रहरीमा उजुरी दिएका थिए ।

नेपालको ठेगाना पत्ता नलागेको भएपनि पुन सन् १९८३ जुन ९ तारिकमा जन्मिएको प्रहरीको रेकर्डमा छ । जापान प्रहरीका अनुसार ६६६–३, इदेनुमा, ताको–माची कातोरी–गुन चिबा केनमा ठेगाना रहेका पुनको FU41867911FA नम्बर रहेको रेसिडेन्स (आवासीय) कार्ड र बिमा कार्ड सहितको कंकाल चिबाको जंगलमा भेटिएको थियो ।

उक्त मानव कंकाल बेपत्ता मिलन पुनको हो वा होईन भन्नेबारे जापानस्थित नेपाली दुतावासले खोजतलास सुरु गरेको छ । तिन बर्ष अघि बेपत्ता भएका भनिएका पुनको नेपालमा घर कहाँ हो भन्ने थाहा नहुँदा डीएनए परीक्षणको लागी आफन्त सम्पर्कमा नभएकोले सम्पर्कमा आउनका लागि जापानस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

जापान प्रहरीले नेपाली दूतावासलाई उपलव्ध गराएको कंकालको विवरणः

स्रोतःbeingnp.com

फेसबुकबाट कमेन्ट गर्नुहोस्