सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धनकुटाका युवराजको जापानमा सुतेकै अवस्थामा मृत्यु

जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा एक नेपाली युवाको सुतिरहेकै बेला आकस्मिक निधन भएको छ । नेपालमा धनकुटाको खोकु छिन्ताङ घर भएका बर्ष २३ का युवराज राईको सुतिरहेकै बेला आईतबार आकस्मिक निधन भएको हो ।

मृतक राई साँझमा खाना खाएपछी साथीहरुसँग फोनमा बोलेर सकुशल सुतेका थिए । बिहान कोठामा संगै बस्ने साथीहरुले आफुहरु काममा जानेबेला बोलाउँदा नबोलेपछी उठाउन खोज्दा उनी मृत अवस्थामा रहेको साथीहरुले बताएका छन् ।

संगै बस्ने साथीहरुले दिएको जानकारी अनुसार करिब ११ बजेसम्म उनी फोनमा बोलेका थिए । उनको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । मृतक युवराज राई साढे १ महिना अघि मात्र पर्यटन भिसामा जापान आएको र रिफ्युजीका लागी निवेदन दिएर बसेको खुल्न आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्