सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खुशि साट्न नपाउँदै रवि ओडकी आमाको मृत्यु

दोस्रो नेपाल आइडल विजेता रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ । घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवल्दार अम्बादत्त जोशीले जानकारी दिएका छन् ।

कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णालाई पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको बताइएको छ । प्रहरी हवल्दारका अनुसार कृष्णापुर–५ बाट सेती अञ्चल अस्पताल कैलाली आउन १ घण्टा लाग्छ ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो । सेती अञ्चल अस्पतालका अनुसार अस्पताल र्पुयाउँदा ओडको मृत्यु भइसकेको थियो ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल र्पुयाइएको थियो । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्