राजेश हमाल, प्रिती आले र हेमन्त शर्मा जापान आउँदै
एचआईभी पोजेटिभ बालबालिकाको सहयोगार्थ जापानको तोचिगीमा ‘म्युजिकल च्यारिटी प्रोग्राम’ हुने भएको छ । ‘म्युजिकल च्यारिटी प्रोग्राम’ सन् २०१९ को जनवरी ४ शुक्रबारका दिन तोचिगीकेनको ओयामा स्टेशनमा हुँदैछन ।
‘म्युजिकल च्यारिटी प्रोग्राम’का लागी महानायक राजेश हमाल, ब्याटल दोहोरीकी गायिका प्रिती आले र चर्चित लोक आधुनिक गायक हेमन्त शर्मा आउने भएका छन् । म्युजिकल च्यारिटी कार्यक्रममा तोचिगीमा रहेको लाफा मोनस्टर ब्याण्डको पनि प्रस्तुती रहनेछ ।

म्युजिकल च्यारिटी कार्यक्रम ओयामा स्टेशनको रोबेल बिल्डिङको छैठौँ तलामा हुने भएको छ । कार्यक्रम मध्यान्ह २ बजेदेखी सुरु भएर साँझ ७ बजे सकिनेछ । कार्यक्रमलाई सेभ द चिल्ड्रेन र वाल विकास समिति बाग्लुङले आयोजना गरेका छन् ।
कार्यक्रमलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्रका तोचिगी संयोजक सरोज भेटवाल र ओयामा व्यवसाय गरी बस्ने अमित भुजेलले व्यवस्थापकीय सहयोग गरेका छन् । कार्यक्रमलाई राजधानी फिल्मसको पनि सहयोग रहेको छ ।
तोचिगीको ओयामामा हुने च्यारिटी कार्यक्रमका लागी प्रवेश शुल्क २ हजार येन तोकिएको छ । एचआईभी पिडित बालबालिकाको सहयोगार्थ भएकाले तोचिगीबासी नेपाली सबैको साथ र सहयोग रहने आयोजकको विश्वास छ । च्यारिटी कार्यक्रम गुन्मा र टोक्योमा पनि आयोजना गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्