बाँदरलाई यौन दुव्र्यवहार गरेपछी ३ बर्ष जेल
महिलामाथि यौन दुव्र्यवहार, बलात्कार भएका घटना त हामीकहाँ निकै धेरै आउँछन् । तर अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । र, यौन दुव्र्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् ।
इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो । ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ ।
![](https://everestwall.com/wp-content/uploads/2016/09/monkey.jpg)
ती युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो । उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो ।
अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भएपनि आफ्नो नियत बाँदरलाई यौन दुव्र्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ ।
एजेन्सीको सहयोगमा
फेसबुकबाट कमेन्ट गर्नुहोस्