पोल्याण्डमा ईन्डियनले नेपालीको हत्या गरेको खुलासा
हालै पोल्यान्डमा भएको रेस्टुरेन्ट व्यवसायी ईश्वर श्रेष्ठको मृत्यु उनकै कामदार इन्डियन नागरिकले हत्या गरेको पुष्टी भएको छ । शुक्रबार लेगिनोभ क्षेत्रबाट पोल्यान्ड वारसवा प्रहरीमा मृतक ईश्वर श्रेष्ठ हराएको रिपोर्ट गएपछि पोल्यान्ड प्रहरीले हराउनुको कारण खोजतलास गरेको थियो ।
अर्को दिन बिहान शनिबार पोल्यान्ड प्रहरीले ईश्वर श्रेष्ठको मृत शरीर कारभित्र भेटाउन सफल भएको थियो । उक्त रहस्यमय मृत्युको अनुसन्धानको लागि केही व्यक्तिहरु पक्राउ गरि अन्ततः पोल्यान्ड प्रहरी २ इन्डियन हत्यारा समाउन सफल भएको छ ।
अन्दाजी २८ वर्ष र २७ बर्षका ती इन्डियनहरुले हत्या गर्नुको कारण कामदार र रेस्टुरेन्ट मालिक बिच भएको आन्तरिक द्वन्द भएको बताइएको छ । उनिहरुले श्रेष्ठलाई मार्ने योजना अगाडि नै बनाएको पनि पोल्यान्ड प्रहरीले पुष्टि गरेको छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/ishor-shrestha-death-in-poland-1024x683.jpg)
ती दुई इन्डियन नागरिकहरुलाई ईश्वर श्रेष्ठको हत्या कसुरमा पोल्यान्डको कानुन अनुसार तत्कालको लागि तीन महिनाको लागि जेलमा लगिएको छ । अदालती प्रक्रिया र पोल्यान्डको कानुन अनुसार हत्या सम्बन्धि अपराधको प्रकृति हेरेर ८ वर्ष देखि २५ वर्ष सम्म जेल सजाय हुनेछ ।
नेपाली नागरिक ईश्वर श्रेष्ठको हत्याको घटनाले पोल्यान्डमा बिदेशी नागरिकहरुमा एक किसिमको सन्त्रास पनि फैलिएको छ । पोल्यान्डमा नेपाल सरकारको कुटनैतिक निकाय नहुँदा पोल्यान्डमा रहने झन्डै १० हजार नेपालीलाई समस्या पर्दा जर्मनी स्थित बर्लिन दूतावासमा हारगुहार गर्नुपर्ने अवस्था भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्