सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्र निर्माता पृथ्वीनारायण कसरी युद्ध अपराधी ?

राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको जन्म जयन्तीको विषयलाई लिएर प्रत्येक वर्ष विवाद हुन्छ अचेल । धेरैले पृथ्वी नारायण शाहलाई यो राष्ट्रका निर्माता मान्छन् तर कोही उनै पृथ्वी नारायाण शाहलाई युद्ध अपराधी पनि मान्छन् ।

कसैको भावनामा ठेस पु¥याउनु हुन्न भनेर बचेर, दही चिउरे कुरा गरेर कित्ता क्लियर नगरेर निर्विवाद बस्ने छुट त छ । यो पनि हो, त्यो पनि हो भनेर तर्कहरु तन्काउँदै सोझ्याउँदै राख्दै गरेर दुवै विचारधारीहरु प्रति ब्याल्लेन्स अभिव्यक्ति दिन पनि सकिन्छ । तर यो नेपाल देश कसरी बन्यो, हामी नेपाली कसरी बन्यौ भनेर सोध्दा चित्त बुझ्दो जवाफ प्राप्त हुन्छ र त्यही जवाफ सर्वमान्य हुन्छ भने हो ।

नत्र बर्तमानको सुविधा लिएर इतिहासको ब्याख्या आआफ्नो सुविधा अनुसार गर्न सुहाउँदैन । कुनै राजनीतिज्ञका हिसाबले र आम सर्वसाधारणका हिसाबले मतहरु फरक हुन सक्लान् । तर राज्यले, सरकारले एउटै धारणा बनाउन सक्नु पर्छ । र एक पटक धारणा बनाइसके पछि घरी घरी कन्फ्युज हुन कदापी पाइदैन ।

एक आम सर्वसाधारणका रुपमा आफूले पढेको, सुनेको, बुझेको बुझाइएको इतिहाँसका आधारमा पृथ्वी नारायण शाहलाई युद्ध अपराधी भन्ने कि राष्ट्र निर्माता भन्ने, त्यो छुट तपाई हामी सबैलाई छ । तर राज्यलाई छैन । सरकार फेरिने वित्तिकै इतिहास फेरिनु जरुरी छैन ।

एउटा प्रधानमन्त्री हुँदा पृथ्वी नारायण शाह राष्ट्र निर्माता हुने र छुट्टी दिइने, अर्को प्रधानमन्त्री हुँदा त्यही छुट्टी काटीने जस्ता धरमरे काम राज्यले गर्न सक्दैन । जनता, राजनीतिकर्मी कन्फ्युज हुन सक्छन् तर राज्य र सरकार कन्फ्युज हुन पाउँदैन । कुरा एक दिन छुट्टीको होइन । कुरा पृथ्वी नारायण शाहको हो । ज्ञानेन्द्र शाह मन नपराउनेले पृथ्वी नारायण शाहलाई मन नपारए जस्तो पनि हुन हुँदैन र पृथ्वी नारायण शाह मन परेकाले ज्ञानेन्द्र शाह पनि मन पराए जस्तो पनि हुनु हुँदैन ।

इतिहास इतिहास हो । कसैलाई रुचेन भन्दैमा इतिहास बदलिँदैन । तर आश्चर्यको कुरा एउटै देशमा नेपाली सेनाले चाहीँ पृथ्वी नारायण शाहलाई मान्ने । उनको तस्वीर हरेक व्यारेकमा राख्ने तर अन्त कतै चाँही नराख्ने ? सेनाले किन राखेको अनि अरुले किन नराखेको र यो देशले पृथ्वी नारायण शाहप्रति गौरव गर्दैन भने सेनाले मात्र गौरव गर्नु किन पर्ने र किन पाएको ?

यो कन्ट्राडिक्सन (उल्टो÷विपरित) किन ? नेपाल एकिकरण गर्ने मानिस राष्ट्र निर्माता नै हो । एकिकरण पृथ्वी नारायाण शाहले गरेका होइनन् भने जसले गरेका हुन तिनै हुन हाम्रा राष्ट्र निर्माता । हरेक देशमा राष्ट्र निर्माताको सम्मान हुन्छ, गर्व गरीन्छ । हाम्रो देशमा पछिल्ला बर्षहरुमा गर्व गर्नु पर्ने बिषय विवाद बन्न पुग्यो ।

एकीकरणका क्रममा भएका चरम ज्यादतीहरुको भत्र्सना गर्नै पर्छ । संसारका कुन युद्ध क्रुर छैनन् ? आखिर हेर्ने त उपलब्धी नै हो नी । आज सिंगो नेपालमा गर्व गर्न पाएका छाँै त्यो हिजोको युद्धको उपलब्धी हो । एक भैसकेको नेपालका हरेक जातजाती, धर्म, समुदाय, भाषा भेषको अपनत्व हुने संबिधान आज हामीले बनाई छोड्यौं नी ।

टुक्रा टुक्रा राज्य जोडेर नेपाल भन्ने देश बन्यो र त अहीले हामी नेपाली भनेर चिनियौँ, यो नेपाल छ, सबै छ । यदी पृथ्वीनारायणले नेपाल एकिकरण नगरेको भए यतिबेला हामी ममता बेनर्जीहरुको आदेश पालना गरिरहेका हुने थियौँ । युद्धका घटनालाई लिएर उपलब्धीको अपमान गर्ने हो भने के नेपाल भन्ने देश नै खारेज गर्नुपर्ने हो ? युद्ध त अहिले पनि हिँजो पनि अन्तिम विकल्प थियो र हो । युद्ध लड्दा मनोरञ्जन गर्न त पक्कै गईँदैन होला । देश निर्माणमा भएको लडाईँलाई जाति, भाषा र बर्गको मुद्धा बनाएर देशको अपमान गर्नु कत्तिको बौद्धिक हुने हो ?

पृथ्वीनारायण शाहले बनाएर गएको देश त बचाउन नसक्ने हामी उनले देश बनाउँदा भएको युद्धका घटनालाई लिएर उनको र देशको अपमान गर्नुमा के तुक छ ? कालिम्पोङ, दार्जिलिङको त कुरा छाडौँ कालापानी, सुस्ता, लिपुलेकमा मिचिएको जमिन फिर्ता ल्याउने हुति नहुने हामीले पृथ्वीनाराणको खोईरो खन्नुको अर्थ के ? पृथ्वीनाराणको बिरोध गर्नेलाई मेरो एउटै आग्रह, उनको भन्दा धेरै मान्छे मार तर नेपालको मिचिएको सिमाना फिर्ता ल्याउ, तिम्रो जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनेछन् जनताले ।

राष्ट्रिय स्वाभिमान र गौरवको बिषयलाई कुनै जाति, भाषा वा वर्गसँग दाँजेर बिना अर्थको बिरोध गर्नुभन्दा सवको हक अधिकार सुनिश्चित गर्न र सम्बोधन गर्न आज सबै मन खोलेर तयार हुनुपर्छ । हिजो पृथ्वी नारायणले युद्ध गर्दाका घाउमा आज उपचार र मल्हम लगाउने उपाय नै सबैको पहिचान सहितको संघियताको पूर्ण कार्यान्वयन हो ।

कसैले बदला लिन चाहेर पनि फेरी पृथ्वी नारायण शाहलाई पुन जन्माएर नेपाल ल्याउन सकिँदैन । ससस्त्र माओवादी जन आन्दोलनले पनि त नरसंहार नै ग¥यो नि । तत्कालीन लडाकुहरु मरे, घाइते भए, वेपत्ता भए । अहिलेका प्रधानमन्त्री, प्रचण्ड, वादलहरु सबैलाई युद्ध अपराधी घोषणा गर्ने हो भने सही चाहीँ के हो ? के नेपाल भन्ने देश नै नरहने कुरा न्यायपुर्ण हो ?

१२ बर्ष भन्दा लामो द्वन्दमा हजारौँ प्रहरी, सेनाहरु मरे घाइते भए, वेपत्ता भए । त्यसलाई विर्सन भनेकै प्राप्त उपलब्धी रक्षा गर्दै जनताका अनुहारमा देखिने गरी खुसी ल्याउने हो । अर्को कुनै विकल्प नै छैन । कोटी होम लगाएर, सत्यनारायणको पुजा चलाएर यज्ञ लगाएर संसारको कुन देशमा परिर्वतनमा आएको छ र ?

सयौँ बर्ष अघिको घाउ दुख्दैन म भन्दिन, दुख्छ, युगांै युगसम्म दुख्छ तर दुख्छ भन्दैमा नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहलाई सयाँै बर्षपछि पनि कसैले थुक्छ ? आज पृथ्वी नारायण शाहको तस्वीरमा थुकियो भने भोलिका पुस्ताले कस्को तस्वीरमा माला लगाउलान् ?

नमान्न पाइन्छ तर थुक्ने परम्परालाई बन्द गरौं । लौ ठीक छ यो नेपाल पृथ्वी नारायण शाहले एकीकरण गरेका होइनन् रे ! राज्य विस्तार मात्र गरेका हुन रे । त्यसो भए हे इतिहासका परमज्ञाता ज्युहरु, अरु देशका जस्तै मलाई पनि मेरो देशका निर्माता चिन्नु प¥यो, तिनलाई ढोग्नु प¥यो ?

को हुन् त ती सपुत जसले यो देशलाई नेपाल भनेर बनाए र तपाई हामीलाई नेपाली भनेर चिनाए । ती राष्ट्र निर्माता पृथ्वी नारायण शाह होइनन् भने नेपाली सेनाले मात्रै किन राख्यो आफ्नो भित्तामा फोटो ।

सरकार कि त सेनालाई कारवाही गर कि यो नबुझ्ने हामी जस्तालाई कारवाही गर । आदरणिय विजय कुमारका शब्दहरु सापटी लिए पुथ्वी नारायण शाहलाई राजावादीेले निजी सम्पती नठानुन् । गणतन्त्रबादीले उनलाई दिनुपर्ने, उनको हक लाग्ने सम्मानमा कन्जुस्याईँ नगरुन । राष्ट्र बन्यो र त तपाई हामी बन्यौँ, राजतीति बन्यो । राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राखांै ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्