आमाछोरी घुस रकमसहित अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई रंगेहात पक्रेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन ।
![](https://everestwall.com/wp-content/uploads/2016/08/akhtiyar-durupayog-anusandhan-aayog-e1474037367568-1024x591.jpg)
अख्तियारले सहायक रजिष्ट्रार पन्थीकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ । पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको प्रवक्ता दंगालले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्