जापानमा चोरीको साईकल ट्रेनको ट्रयाकमा छाड्ने २ नेपाली नियन्त्रणमा
चोरीको साइकल ट्रेनको लिग (ट्रयाक)मा छाडेको अभियोगमा दुई नेपालीलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ ।
पक्राउ परेका ति नेपाली युवाहरुले गत डिसेम्बरको २० तारिखका दिन ट्रेन गुड्ने बाटो (ट्रयाक)मा साईकल छाडेका हुन । पक्राउ पर्नेमा २१ बर्षिय कमल बस्नेत र २२ बर्षिय सागर बैद्य रहेको प्रहरीलाई उदृत गर्दै जापानी सञ्चार माध्यमहरुले बताएका छन ।
समाचार अनुसार उनीहरुले आफुहरुले रक्सिले मातिएका कारण नशाको तालमा त्यसो गरेको बयान दिएका छन् । जापान प्रहरीका अनुसार रेलको ट्रयाकमा साईकल छाडेका कारण कुदिरहेको लोकल रेललाई आकस्मिक रुपमा रोक्नु परेको थियो ।
साईकल हटाउन १० मिनेट लागेको थियो । रेल हिड्ने बाटोमा साईकल छाड्दा हजारौं यात्रुहरु मर्कामा परेका थिए । रेल आकस्मिक रुपमा रोकिएको भएपनि कोही घाइते नभएको समाचारमा उल्लेख छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/sagar-baidhya-and-kamal-basnet-1024x696.jpg)
पक्राउ परेका उनिहरुले उक्त साईकल नजिकैको एक घरबाट चोरी गरेर ल्याई रेलको लिगमा छाडेका थिए । प्रहरी नियन्त्रणमा रहेका उनीहरुको कार्यप्रति थप अनुसन्धान भैरहेको बताइएको छ ।
स्मरण रहोस् जापानमा कसैका कारणले ट्रेन समयभन्दा ढिला भयो वा अवरुद्ध भयो भने अवरुद्ध समयको हिसाव गरि जरिवाना समेत तिराइन्छ । पक्राउ परेका यी दुई नेपाली युवाहरु बिरुद्ध कस्तो खालको सजाय हुने हो त्यो भने हेर्न छानबिनपछी मात्रै थाहा हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्