सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पर्वतको मालढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक तथा घाइतेहरुको सनाखत हुन सकिरहेको छैन ।

अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाइतेहरूको उद्दार गरी जिल्ला अस्पताल पर्वत र धौलागिरि अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्