नेपाली कामदार जापान पठाउन औपचारिक छलफल
नेपाली कामदारलाई जापान लैजाने बिषयमा जापानी प्रतिनिधि मण्डलसँग बुधबार काठमाण्डौमा औपचारिक छलफल भएको छ । नयाँ व्यवस्था अनुसार नेपाल र जापानबीच थप गृहकार्य गर्ने सहमति भएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपालीलाई जापानमा काम गर्न पाउने वातावरण बनाउन गृहकार्य गर्ने सहमति गरेको छ । दुवै देशले नेपालको विकासमा योगदान पु¥याउन जोड दिएको छ ।
नेपाली कामदारले छिटै नयाँ व्यवस्थाअनुुसार जापानमा काम गर्न पाउने वातावरण सिर्जना गर्न दुवै देशले गृहकार्य गर्ने सहमति भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जापानको अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी कामदार व्यवस्थापन गर्न जारी भएको नयाँ कानुनी प्रावधानका बारेमा जापानले नेपाललाई जानकारी गराएको थियो । जापानले नेपालसंगै ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ ।
नेपाल, थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलिया लगायत ९ देशबाट जापानले कामदार लैजाने भएको हो । विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने जनाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्