साँच्चै आउला पानीजहाज ? खुल्ने भो कार्यालय
आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सरकारले यसअघि आफ्नै पानीजहाज चलाउने घोषणा गर्दा पानीजहाज काण्ड निकै चर्चा र ब्यङ्ग्यको बिषय बनेको थियो ।
बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल सरकारको राजपत्राकिंत दोस्रो श्रेणीको कर्मचारीको संयोजकत्वमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
बास्कोटाले जानकारी गराउने क्रममा नेपालमा कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाएर देखाउने भन्दै भने–‘अब नेपालमा कागजको पानी जहाज होइन साँचिक्कैको पानी जहाज चल्छ । हामीले पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णय गरिसक्यौ ।’
मन्त्री बाँस्कोटाका अनुसार पानीजहाजको कार्यालय स्थापना गर्न १६ जनाको टोली परिचालीत गरिने छ । साथै मन्त्री बाँस्कोटाले आगामी चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गरि वैदेशिक सहायता भित्र्याउने लक्ष्य लिएको जानकारी गराएका छन् ।
त्यस्तैे सरकारको निर्णय अनुसार आगामी फागुनदेखि जनकपुर–जयनगर रेल सेवा नियमित सन्चालन गर्ने र यसका लागि आफ्नै लगानीमा रेल किन्ने तयारी भएको समेत मन्त्री बाँस्कोटाले जानकारी गराएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्