सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ठकुरीको हत्या गरी शबसँग ‘सेल्फि’ खिचेको खुलासा

सुर्खेतबाट असई हुन भनि बाँकेको कोहलपुर आएका दिपक सिंह ठकुरीको हत्यामा संलग्न दुई अभियुक्तले ठकुरीको हत्या गरेर शवसँग सेल्फी खिचेको फेला परेको छ । प्रहरीमा भर्ना गराईदिन नसक्ने भएपछि सुर्खेत सिम्ता गाउँपालिका–२ का दीपकसिंह ठकुरीको हत्या गरेर दुई अभियुक्तले ठकुरीको शवसँग सेल्फी खिचेको पाईएको हो ।

अछामका भरत शाही र बाँकेका मोहन गिरी भन्ने युवराज गिरी (जिरे) ले असई बनाईदिने भन्दै हत्या गरिएका ठकुरीसँग डेढ लाख रुपैयाँ मागेका थिए । असई नै बनाईदिन्छु भनेपछी मृतक ठकुरीले अभियुक्त गिरी र शाहीलाई पैसा दिए । तर उनीहरुले पैसा लिएर ठकुरीलाई असई बनाईदिन सक्ने अवस्था थिएन ।

उनीहरुले प्रहरीलाई दिएको बयान अनुसार ठकुरी मेडिकलमा फेल हुन्छ र पैसा माग्छ भन्नेमा उनीहरु ढुक्क थिए । त्यसपछि उनीहरुले ठकुरीको हत्या गर्ने योजना बनाए । ठकुरीले डेढ लाख रुपैयाँ बुझाउँदा प्रमाणका लागि भन्दै उनीहरुसँग फोटो खिचेको थियो । त्यो फोटोले पनि उनीहरुलाई पिरोलेको थियो ।

घाँटी रेटि हत्या गरिएको अवस्थामा दिपकसिंह ठकुरीको शब

पुस २७ गते साँझ कोहलपुरको बसपार्कस्थित एक होटलमा ठकुरीलाई बोलाए । त्यहाँ केहीबेर मदिरापन गरेपछि थप मदिरा खोला किनारमा गएर खाने भन्दै त्यहाँबाट निस्किए ।

कोहलपुर–११, नयाँ बसपार्कको पूर्वपट्टीको खुल्ला चौरमा पुगेपछि शाहीले पछाडिबाट ठकुरीको टाउकोमा दाउराले हाने । रन्थनिएका ठकुरी ढले । ढलेपछि गिरीले चक्कुले घाँटी रेटेका थिए ।

ठकुरीको हत्यापछि शव र चक्कु देखिने गरी गिरीले सेल्फी खिचे । प्रहरीले शाहीलाई सुर्खेत र गिरीलाई बर्दियाबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गिरीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली हानि नियन्त्रणमा लिइएका दिपकसिंह ठकुरीको हत्यारा युवराज कार्की अस्पतालमा उपचार गराउँदै

बर्दियाको मधुवन नगरपालिकाको वडा नं. ३ स्थित आफन्तको घरमा लुकेर बसेको थाहा पाएर पुगेको प्रहरीलाई देखेर भाग्न खोज्दा प्रहरीले घुडामुनी गोली हानेर नियन्त्रणमा लिएको थियो ।

गिरीको कोहलपुरमा उपचार भइरहेको छ । पक्राउ परेका शाहीको बयानका आधारमा प्रहरी गिरीको खोजीमा थियो । उनी आफन्तको घरमा लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

दिपकसिंह ठकुरीको हत्यारा अछामका भरत शाही

प्रहरी आएको सूचना पाएलगत्तै उनी भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको थियो । पक्राउ परेका शाहीको प्रारम्भिक बयानमा हत्यापछि शवसँग गिरीले शेल्फी खिचेका थिए ।

उक्त खिचेको शेल्फीमा नजिकै चक्कु पनि देखिएको छ । तर प्रहरीले अहिलेसम्म उक्त चक्कु फेला पार्न सकेको छैन् । उनीहरुले हत्या गरेर घटनास्थल वरपर नै फालेको बयान दिएपछि खोजतलास गर्दा चक्कु फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS