सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुई युवतीलाई खुकुरी हानी आफ्नै घाँटी रेटी हत्या

झापाको अर्जुनधारा नगरपालिकामा एक युवाले दुई युवतीलाई खुकुरी प्रहार गरी आफुले पनि आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका १० चुथाई निवासी २४ वर्षीया जमुना ओझा र २१ वर्षीया बिना भारतीलाई घरमा सुतिरहेको अवस्थामा खडानन्द पौडेलले शनिबार बिहान खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारपछि पौडेलले पनि सोहि खुकुरीले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार शनिबार बिहान साढे ५ बजे ओझा र भारतीलाई पौडेलले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारपछि पौडेलले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीको भनाइ छ । उनको लास जमुनाको घरबाट २० मिटर पर फेला परेको थियो । खुकुरी प्रहारबाट घाइते भारती र ओझालाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल लगिएको छ ।

घाइते जमुना ओझाको दुबै कानको माथिपट्टि, निधारमा खुकुरीको चोट लागेको छ भने विना भारतीको दुवै हात, घाँटी र टाउकोमा चोट छ । घटना स्थलमा मृत फेला परेका पौडेललाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीको बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्