सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपा श्रीखण्ड हो, खुर्पाको बिँड होईनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भएको बताएका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीले कांग्रेसका पूर्वसांसद् तीर्थ भुषाललाई पार्टी प्रवेश गराउँदै शनिबार नेकपा खुइलियो भन्नेको हेर्ने चश्मा नै दोषी भएको बताएका थिए ।

उनले दोष लगाउनुअघि चश्मा सफा गरेर मात्र हेर्न आग्रहसमेत गरेका छन् । ‘पार्टी खुइलियो भन्नेहरु पनि छन् । चश्मा फोहोर भयो भने राम्रो देखिदैन । पहिला चश्मा सफा गर्न आग्रह गर्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी खुइलिएको छैन । बुझ्नेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिड हो । नेकपा श्रीखण्ड नै हो भनेर थाहा पाउन म आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले हरेक दिन सरकार एक कदम अगाडि रहेको दाबीसमेत गरेका छन् । उनले सरकारले नयाँ काम गर्दै अघि बढेको बताए । ‘सरकार हरेक दिन एक कदम अगाडि बढेको छ । अगाडि बढ्योकी बढेन हेर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘हरेक दिन नयाँनयाँ काम गरेका छौँ ।’

फाईल तस्विर

कानुनी संरचनादेखि सबै काम भइरहेको उनको दाबी छ । उनले अब कर्मचारी समायोजन अघि देखिएका समस्या समाधान भएको बताएका छन् । ‘समायोजनसम्म कर्मचारी पुग्दा अनेक व्यावधान र कठिनाई आए’, उनले भने, ‘अब ति पार भए ।’

नेकपाको दौडमा संख्या थपिदै गएको र जनताको विश्वाससमेत बढ्दै गएको उनको भनाइ छ । ‘दौडमा संख्या थपिदैछ । जनताको विश्वास बढ्दै छ’, ओलीले भने, ‘निष्ठापूर्वक अगाडि बढौं, सबै राजनीतिक दल र जनताका लागि काम गरौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्