सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा आगोले पोलेर नेपाली महिलाको निधन

जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपालीको निधन भएको छ । नेपालमा नुवाकोट घर भई हाल जापानको युकी बस्दै आएकी साबित्री रिमाल नेपालको चुकुबा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो । हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको अन्तत; जनवरी २१ तारिख सोमबार साँझ ८ः५१ बजे निधन भएको थियो ।

मृतक सावित्री रिमालको आवासीय परिचय पत्र (रेसिडेन्स कार्ड) ।

निधन भएकी रिमालले काम गर्ने ठाउँमा इन्धनबाट बल्ने हिटर ताप्दै काम गर्ने क्रममा एक्कासी कपडामा आगो सल्किन गई घटना हुन गएको जानकारीमा आएको छ । मृतक रिमालको बारेमा जानकारी लिन अस्पताल पुगेका गैर आवासीय नेपाली संघ जापानका तोचिगी संयोजक विकास वस्नेतका अनुसार मृतक रिमालले ज्वलनशिल पदार्थ अल्कोहलले सफा गर्ने काम गरिरहेका बेला आगोले पोलेको हो ।

आवासीय परिचय पत्र (रेसिडेन्स) नम्बर DU19139229EA भएकी बर्ष ३१ की मृतक रिमाल श्रीमानसहित युकीमा बस्दै आएको जानकारी आफुले पाएको संयोजक बस्नेतले बताएका छन् । मृकत रिमालका श्रीमान कम्पनी कर्मचारी भएको बुझिएको छ भने मृतकले पार्टटाइम काम गर्दै आएकी थिईन ।

आगोले पोलेर मृतक रिमालको ७० प्रतिसत भन्दा बढी भाग जलेको अस्पतालले स्रोतले बताएको थियो । आगोले पोलेको उपचार गराईरहेकी रिमालको किड्नी, फोक्सो र कलेजोले काम गर्न छाडेपछी उनको मृत्यु भएको अस्पतालले बताएको छ । उनको जापानमै दाहसंस्कार गरिने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्