सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बसमा हस्तमैथुन गर्ने युवाको खोजी गर्दै प्रहरी

सामाजीक सञ्जालको ग्रुप च्याट र अश्लिल साईटहरुमा यतिबेला एकजना युवाले सार्बजनिक बसको सिटमा बसेर हस्तमैथुन गरी आफ्नो सिट अगाडी बसेकी महिलाको कपालमा बिर्य झारिदिएको भिडियो भाईरल भईरहेको छ । यही भिडियोलाई लिएर सामाजिक सञ्जाल र मिडियामा ब्यापक आलोचना भईरहेको छ भने प्रहरीलाई अश्लिल हर्कत गर्ने युवा खोज्न चुनौति बनेको छ ।

केही महिना अघि राजधानीको एक सार्वजनिक यात्रु बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने ति युवकको खोजी प्रहरीले तीब्र बनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बसमा हस्तमैथुन गरेर एक महिला यात्रुको कपालमा बीर्य झारीदिने युवकको खोजी तीब्र पारिएको जनाएका छन् ।

करिब ३ महिनादेखि सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको उक्त भिडियोलाई लिएर सर्वसाधारणले आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको हो ।

प्रवक्ता सुवेदीले महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती पुरुषको खोजी थालिसकेको जनाउँदै त्यस घटनासम्बन्धी केही जानकारी भएमा प्रहरीलाई सहयोग गरिदिन पनि आमनागरिकलाई अपिल गरेको छ ।

सामाजिक सञ्जालको च्याट र ग्रुपमा भाइरल भइरहेका यी भिडियो तीनवटा रहेका छन् । एउटा भिडियो करिब २ मिनेट २० सेकेन्डको छ । यी भिडियो केही पोर्न साइटहरुमा पनि यसअघि नै पुगिसकेका छन् । प्रष्ट रुपमा नेपाली भाषा बोलिएको सुनिने भिडियो बल्खु आसपासको क्षेत्रमा खिचिएको अनुमान गरिएको छ ।

यी भिडियोमा गाडी रोकिएको बेलामा अनुहार नदेखिएका ती युवकले हस्तमैथुन गरी अगाडिको सिटमा बसेकी महिलाको कपालमा वीर्यपतन गरिदिएको प्रष्टै देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका यी भिडियोमा ती युवाले अघिल्लो सिटमा बसेकी महिलाको कपालमा वीर्यपतन गरेको देखिएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको जनाएको छ ।

यी भिडियोमध्ये एउटा ती युवकले हस्तमैथुन गरिरहेको थाहा पाएर पनि एक महिला यात्रु चुपचाप बसेको देख्न सकिन्छ । प्रवक्ता सुवेदीले यो प्रकरणको मिहीन रुपमा अनुसन्धान भइरहेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोबारे हाम्रा सम्बन्धित इकाइले अनुसन्धान थालिसकेका छन’, सुवेदीले भनेका छन्–’ती युवकको पहिचान हुन सकेको छैन तर हामी घटना स्पष्ट भएपछि सत्यतथ्य बाहिर ल्याउँछौँ ।’

महिलामाथि दुर्व्यवहार बढेपछि प्रहरीले केही महिनाअघिबाटै सेफ्टी पिन अभियान चलाइरहेको छ । त्यसक्रममा महिलामाथि दुव्र्यवहार गर्नेहरुमाथि प्रहरीले निगरानी गरेर पक्राउ पनि गरिरहेको छ ।

नेपाल सरकारले लागू गरेको मुलुकी अपराधसंहितामा यस्तो हर्कतबारे परिभाषा गरिएको छ । सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन र अश्लील गालीगलौज गर्न मुलुकी अपराधसंहिताले निषेध गरेको छ ।

मुलुकी संहिताले १० वर्ष माथिकाले स्वास्थ्य विज्ञान तथा चिकित्सा उपचारबाहेक सार्वजनिक स्थानमा अश्लिल गतिविधि गर्न तथा यौनाङ्ग देखाउन र अश्लील इशारा गर्न नहुने उल्लेख गरिएको छ । यदि यस्तो गतिविधि गरेको पाइएमा कानुनले ६ महिना कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था पनि गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्