सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आगोले पोलिएकी धनालाई प्रेमसागरले दिए गाउने मौका

आगोले पोलिएकी धना परियारले गित रेकर्ड गराउने अवसर पाएकी छिन् । केहि दिन देखि युट्युव च्यानल र अनलाईन मिडियामा भाइरल बनिरहेकी सुमधुर आवाज भएकी धना परियारलाई चर्चित संगीतकार तथा सर्जक प्रेम सागर पौडेलले गित रेकर्ड गर्ने अवसर दिएका हुन ।

संगितकार तथा सर्जक पौडेलले आफ्नो म्युजिक कम्पनी रक्षा म्युजिक प्रालीबाट लगानी गरेर उनलाई गित गाउने अवसर दिएका हुन । पौडेलले उनलाई गित गाए बापत उनको स्वरको मुल्यांकन गर्दै पारिश्रमिक समेत दिएका छन । उनको स्वर सुन्नेहरुले बिष्णु माझीको जस्तै स्वर भनेर प्रसंसा गर्ने गरेका छन ।

गाउने कला र गला भए पनि आफ्नो प्रतिभा देखाउने अवसर नपाएकी धना आफ्नै स्वरको गित गाउन पाउँदा खुशी बनेकी छिन । आगोले पोलेर पिडित भएकी धनाको कथाले उनको कथा हेर्न सबैलाई रूवाएको छ । धनाको पिडा हेरेर, सुनेर उनलाई देश विदेशबाट बिभिन्न व्यक्तिले सहयोग गर्न थालेका छन् ।

आगोले पोलेर पिडित भएकी धनाको सहयोगका लागी सञ्चारकर्मी कमल सरगमले संयोजन गरिरहेका छन् । धनाको सहयोगका लागी फोन नं. ९८५१२२४९७० मा सम्पर्क गर्न सकिनेछ ।

हेर्नुहोस् भिडियो

फेसबुकबाट कमेन्ट गर्नुहोस्