सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा उपचारका क्रममा २० बर्षिय सबिनको मृत्यु

गाडीको ठक्करबाट म्याग्दीका माईकल गौचनको मृत्युको खबर सेलाउन नपाउँदै जापानमा अर्का एक नेपाली युवाको उपचारका क्रममा निधन भएको दुखद खबर प्राप्त भएको छ । बाग्लुङ घर भई हाल जापानको साइतामाकेनमा बस्दै आएका २० बर्षिय सबिन(अर्बिन) क्षेत्रीको उपचारका क्रममा निधन भएको हो ।

बाग्लुङको गल्कोट नगरपालिका वडा नं. ३ बोहोराफाँट घर भएका सविनको साइतामास्थित रेड क्रस अस्पतालमा उपचार भईरहेको थियो । उपचारकै क्रममा सबिनलाई जापानको स्थानीय समय अनुसार बुधबार राति ११ः१५ बजे चिकित्सिकहरुले मृत घोषणा गरेका थिए ।

पारिवारीक श्रोतका अनुसार इन्फ्लुएन्जाबाट ग्रस्त सबिनको रेड क्रस अस्पतालको सघन उपचार कक्षमा तिन देखी उपचार भईरहेको थियो । मृतक सबिन बुवाआमा सहित जापानमा बस्दै आएका थिए ।

कलिलै उमेरमा निधन भएका सबिनको उपचारमा हेरचाह र सहयोग गर्दै आएका गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीका अनुसार सबिनको जापानमै दाहसंस्कार गरिने भएको छ । सबिनको अन्तिम दाहसंस्कार यही फब्रुअरी १० तारिख आईतबार बिहान ८ः३० बजे साइतामा सिमा गरिने भएको छ ।

अल्पायुमै निधन भएको यस दुख;द घडीमा सबै गल्कोटवासी लगायत सम्पुर्ण जापानवासी नेपालीहरुलाई अनुकुल समय मिलेमा अन्तिम दाहसंस्कार तथा श्रदाञ्जलीमा सहभागी भएर साथ दिन गल्कोट समाज जापानले अपिल गरेको छ ।

Saitama shi Urawa Saijyo

1523-1, Shimookubo, Sakura-ku, Saitama-shi, Saitama-Ken, 338-0825, Japan.

Tel: 048 855 6246

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS