जापानको तोचिगीमा ल्होसार मनाउँदै शेर्पा समुदाय
जापानको तोचिगी क्षेत्र आसपास बसोबास गर्ने शेर्पा समुदायले यस बर्षको ग्याल्पो ल्होसार धुमधामसँग मनाउने भएका छन । तोचिगीबासी शेर्पाहरुले यही फेब्रुअरी २३ तारिख शनिबारका दिन शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होसार मनाउने तयारी गरेका हुन ।
शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुको महान चाड तथा नयाँ बर्ष स म फा ग लो २१४६ (सुँगुर बर्ष) को अवसरमा शेर्पा संघ जापान, तोचिगीले ल्होसार बिशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम तोचिगी स्टेसन नजिकै रहेको लाफा स्पोर्टस बार एण्ड ग्रिलमा हुँदैछ ।

शेर्पा संघ जापान, तोचिगीका संयोजक डेनी शेर्पाले ल्होसार बिशेष कार्यक्रममा तोचिगीबासी सबै नेपाली दाजुभाई तथा दिदिबहिनिलाई सहभागी भईदिन अपिल गरेका छन । शुभकामना आदानप्रदान तथा सांगितिक कार्यक्रम साँझ ५ बजेबाट राति १० बजेसम्म हुने संयोजक शेर्पाले बताएका छन् ।
कार्यक्रममा जापानमा रहेका स्थानीय नेपाली कलाकारहरुले बिभिन्न नेपाली गित संगित र नृत्य प्रस्तुत गर्नेछन । जापानको तोचिगीमा स्थापित लाफा मोन्स्टर ब्याण्डका भिम तामाङ, सचिन परियार, गायक नबिन दाहाल लगायतको जोडदार प्रस्तुती रहनेछ ।
त्यस्तै अक्सरा गुरुङ र बिना गुरुङ्ग र गौरी तामाङ्गको नृत्य कार्यक्रमको आकर्षणका रुपमा रहेका छन् । कार्यक्रममा शेर्पा संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिने संयोजक डेनी शेर्पाले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्