सामुहिक बलात्कारपछी बालिकालाई जलाएको खुलासा
धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ ।
प्रदेश नं.२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको छ । ती अधिकारीले भनेका छन्–‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको छ ।’
प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले पनि प्रहरी आरोपित नजिक पुगेको बताए । मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्