मन्त्री अधिकारीको परिवारलाई प्रचण्डले दिए समवेदना
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
प्रचण्डले आज बिहान हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका बुबा, आमा र श्रीमतीलाई भेटी समवेदना प्रकट गरेका हुन् । अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएका छन् ।
त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना प्रकट गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसैबीच नेकपा नेता वामदेव गौतमले पनि मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त गर्दै मृतक अधिकारीप्रति श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्