सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिके राउतको आकस्मिक बैठक, नागरिकता अनिवार्य

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार र सोमबार सिरहाको लहानमा हुने भएको छ । राउतले सरकारसँग गरेको ११ बुँदे सहमति र आगामी रणनीतिबारे बैठकमा छलफल हुने बताएका छन् । सरकारसँगको सहमतिपछि पहिलो पटक यो बैठक हुन लागेको हो ।

बैठकमा तराई मधेसका २२ जिल्लाका प्रतिनिधि सहभागी हुने गठबन्धनका परिषद् सदस्य बालेश्वर यादवले जानकारी दिएका छन् । सहभागी हुने हरेक सदस्यलाई नागरिकता अनिवार्य लिएर बैठकमा आउन आह्वान गरिएको छ ।

सबै जिल्लाबाट परिषद् सदस्यलाई बैठकमा बोलाएको यादवले बताएका छन् । नागरिकता अनिवार्य गरेको विषयमा आफूलाई अहिले केही जानकारी नभएको उनको भनाइ छ ।

यो बैठक आकस्मिक भएकाले प्रत्येक जिल्लाबाट समिति सदस्यलाई मात्र बोलाइएको सिके राउतले फेसबुकमा उल्लेख गरेका छन् । उनले त्यसपछि विस्तारित बैठक बस्ने र भेटघाट तिव्र बनाउने उल्लेख गरेका छन् ।

लहानमा कहाँ र कति बजे परिषद् बैठक सुरु हुनेबारे अहिले खुलाइएको छैन् । परिषदका अर्का सदस्य सुदीपराज कुशवाहाका अनुसार ठाउँ आइतबार बिहान टुंगो लाग्ने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्