सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नयाँ बर्षको पुर्वसन्ध्यामा ‘सांगितिक साँझ’

खासगरी तामाङ सेलो गित गाउने गायकका रुपमा परिचय बनाएका गायक विजय लामा नयाँ बर्ष २०७६ को पुर्व सन्ध्यामा जापानको तोचिगीमा आउने भएका छन् । नजिकै आउँदै गरेको नेपाली नयाँ बर्षको अवसर पारी जापान आएका गायक लामा मार्च ३० तारिखका दिन तोचिगीमा आउने भएका हुन् ।

तोचिगीको लाफा स्पोर्टस बार एण्ड ग्रिलमा हुने ‘तोचिगी सांगितिक साँझ’मा गायक विजय लामासँगै उनलाई दृष्टि ब्याण्डका गितारवादक मिलन लामा, अर्का गितारवादक सुबिन लामा र ड्रमवादक सागर गुरुङले साथ दिनेछन् । सांगितिक साँझमा गायक लामाले आफ्ना चर्चित गितहरु नखानु पानी तुङ्वाको, खासा बजार र रोसी खोला पारी लगायतका गितहरु प्रस्ततु गर्नेछन् ।

तोचिगी सांगितिक साँझमा चर्चित पोखरेली गायक सर्वज्ञमान शाक्यको पनि धमाकेदार प्रस्तुती रहनेछ । पछिल्लो समय जापानमै बस्दै आएका गायक शाक्य तिमिलाई दोबोटोमा, अनि गजलकार भएँ म लगायतका दर्जनौँ गितका सर्जक हुन् । हाल जापानको टोक्योमा जिट्ज स्टुडियो सञ्चालन गर्दै आएका गायक शाक्यले म्युजिक भिडियो सम्पादनको काम पनि गर्दै आएका छन् ।

सांगितिक साँझमा पुर्वेली गायक नविन दाहालले पनि आफ्नो सांगितिक प्रस्तुती पस्कनेछन् । त्यस्तै गायक सुदिप कुमार थकालीले पनि कार्यक्रममा गित गाउने छन् । कार्यक्रममा अन्य बिबिध सांगितिक प्रस्तुतीहरु पनि रहने बताइएको छ ।

तोचिगी सांगितिक साँझ कार्यक्रमलाई तोचिगीमा बस्दै आएका डेनी शेर्पा, बिराज गुरुङ, सन्तोष पुन र सुरेन्द्र श्रेष्ठले आयोजना गरेका हुन् । साँझ पाँच बजेबाट सुरु हुने कार्यक्रम १० बजे सकिने आयोजक समुहले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्