सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा नयाँ बर्षको पुर्वसन्ध्यामा ‘सांगितिक साँझ’

खासगरी तामाङ सेलो गित गाउने गायकका रुपमा परिचय बनाएका गायक विजय लामा नयाँ बर्ष २०७६ को पुर्व सन्ध्यामा जापानको तोचिगीमा आउने भएका छन् । नजिकै आउँदै गरेको नेपाली नयाँ बर्षको अवसर पारी जापान आएका गायक लामा मार्च ३० तारिखका दिन तोचिगीमा आउने भएका हुन् ।

तोचिगीको लाफा स्पोर्टस बार एण्ड ग्रिलमा हुने ‘तोचिगी सांगितिक साँझ’मा गायक विजय लामासँगै उनलाई दृष्टि ब्याण्डका गितारवादक मिलन लामा, अर्का गितारवादक सुबिन लामा र ड्रमवादक सागर गुरुङले साथ दिनेछन् । सांगितिक साँझमा गायक लामाले आफ्ना चर्चित गितहरु नखानु पानी तुङ्वाको, खासा बजार र रोसी खोला पारी लगायतका गितहरु प्रस्ततु गर्नेछन् ।

तोचिगी सांगितिक साँझमा चर्चित पोखरेली गायक सर्वज्ञमान शाक्यको पनि धमाकेदार प्रस्तुती रहनेछ । पछिल्लो समय जापानमै बस्दै आएका गायक शाक्य तिमिलाई दोबोटोमा, अनि गजलकार भएँ म लगायतका दर्जनौँ गितका सर्जक हुन् । हाल जापानको टोक्योमा जिट्ज स्टुडियो सञ्चालन गर्दै आएका गायक शाक्यले म्युजिक भिडियो सम्पादनको काम पनि गर्दै आएका छन् ।

सांगितिक साँझमा पुर्वेली गायक नविन दाहालले पनि आफ्नो सांगितिक प्रस्तुती पस्कनेछन् । त्यस्तै गायक सुदिप कुमार थकालीले पनि कार्यक्रममा गित गाउने छन् । कार्यक्रममा अन्य बिबिध सांगितिक प्रस्तुतीहरु पनि रहने बताइएको छ ।

तोचिगी सांगितिक साँझ कार्यक्रमलाई तोचिगीमा बस्दै आएका डेनी शेर्पा, बिराज गुरुङ, सन्तोष पुन र सुरेन्द्र श्रेष्ठले आयोजना गरेका हुन् । साँझ पाँच बजेबाट सुरु हुने कार्यक्रम १० बजे सकिने आयोजक समुहले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS