सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

न बस्ने बास छ, न खाने गास ! रात कसरी काट्नु ?

आइतवार साँझ आएको हुरीले बाराको फेटा गाउँपालिका पुरानियामा ठुलो क्षति र्पुयाएको छ । केबल दुई मिनेट भित्रमा फेटा गाउँपालिकासहितका कयौँ बस्ती उजाड भएको छ ।

हुरीमा परेर बारामा मात्रै कम्तिमा २७ जनाले ज्यान गुमाएका छन् । घाइतेको संख्या ५ सय भन्दा धेरै छ । फेटा गाउँपालिकाले मात्रै हुरीमा १७ जनालाई गुमाएको छ ।

यहाँ कयौँ घरको चिनो मेटिएको छ । घर भत्किएपछि स्थानीयको बास खुला आकाशमुनि भएको छ । यो गाउँपालिकाको वडा नम्बर ३ र १ मा डोजरले घरको भग्नवोशष पन्छाएर शव खोजिएको छ ।

हुरीको चपेटमा परेको यो गाउँमा केही चिउरा र चिनी आइपुगेको छ । केही व्यक्तिले लिएर आएको राहत यहाँ बाँडिएको छ । तर त्रिपाल अभावमा यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।

गाउँलेहरु हुरीमा बचेखुचेको सामान र गाईबस्तु बटुलेर खुला चौरमा बसेका छन् । त्रिपाल अभावमा नानीबाबु पनि खुला चौरमै सुत्न विवश छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्