दुई महिनाकी सुत्केरीको घाँटी थिची हत्या
भोजपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पौवादुङ्मा गाउँपालिका–४ बास्तिमका रमेश पौडेलले २ महिनाकी सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन् । १९ वर्षकी श्रीमती जानुका पौडेल थापाले दुई महिना अघि छोराको जन्म दिएकी थिईन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/04/murder-ghati-thichera-hatya-1024x631.jpg)
श्रीमान रमेशले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले जानकारी दिए । सामान्य विवादमा १९ वर्षका रमेशले घरमै श्रीमतीको हत्या गरेको डीएसपी थेवेको भनाई छ ।
श्रीमती हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । मृतकको शव जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम गरिएको छ । घटनाको विस्तृत अनुसन्धान बाँकी रहेको डीएसपी थेवेको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्