सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको तोचिगीमा पुर्वी नेपालको नयाँ समिती

पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापान, तोचिगी क्षेत्रिय समितिले दोस्रो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेको छ । अप्रिल २१ तारिख आईतबारका दिन भएको अधिवेशनले सरोज भेटवालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित १३ सदस्यीय कार्यसमितिमा संयोजकमा सरोज भेटवाल, सह–संयोजकमा महेन्द्र थापा, सचिवमा नविन दाहाल, सह–सचिवमा राजु गिरी, कोषाध्यक्षमा सलोन शेर्पा, सह–कोषाध्यक्षमा सम्झना राई लामा रहेका छन् । संस्थाको प्रवक्तामा नविन वस्ती रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दिपेन्द्र आचार्य, सुर्य कुमार प्रधान, दिनेश भट्टराई, आकास थापा, सुमन भेटवाल र अमृत गुरुङ रहेका छन् । संस्थाको सल्लाहकार मण्डलमा रुद्र उप्रेती, डिक ब. घिमीरे, डेनी शेर्पा रहेका छन् ।

नवगठित कार्यसमितिमा आवश्यकता अनुसार सदस्य संख्या थपघट गर्न सकिने अधिवेशनमार्फत निर्णय गरिएको सचिव नविन दाहालले बताएका छन् । अधिवेशन पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका केन्द्रिय अध्यक्ष सुवास लोहनी र सचिव कुमार वनको उपस्थितीमा सम्पन्न भएको थियो ।

अधिवेशन तथा भेटघाट कार्यक्रममा बोल्दै केन्द्रका जापान अध्यक्ष सुवास लोहनीले नवनिर्वाचित कार्यसमितिले पुर्वी नेपालको विकासका लागी सकेको योगदान गर्ने कुरामा आफु ढुक्क रहेको विचार व्यक्त गरेका थिए । उनले सबैले आ–आफ्नो क्षेत्रको विकासका लागी एकजुट हुने हो भने देश विकास गर्न धेरै समय नलाग्ने पनि बताएका थिए ।

पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापान, क्षेत्रीय समिति तोचिगीको संयोजकमा चयन भईसकेपछी संयोजक सरोज भेटवालले संस्थाले आफ्नो आवश्यकतालाई महशुस गर्दै पुन; नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै नयाँ टिमसँग नयाँ जोश र जाँगरका साथ संस्थाको प्रगतीका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

केन्द्रको अधिवेशन तोचिगीसीस्थित लाफा स्पोर्टस बार एण्ड ग्रिलमा भएको थियो । अधिवेशन तथा भेटघाट कार्यक्रममा पुर्वी नेपालमा बिभिन्न जिल्लामा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्