३१ बर्ष कान्छिसँग बिबाह गर्न खोज्दा मण्डपबाटै पक्राउ
सिरहामा १९ वर्षिय युवतीसंग विवाह गर्न खोज्ने ५० वर्षिय पुरुष पक्राउ परेका छन् । १९ वर्षिय किशोरीसंग जनकपुरधामको रामजानकी मन्दिरमा विहे गर्न खोज्दा प्रहरीले मण्डपबाटै बेहुला सहित ५ जना लाइ पक्राउ गरेको छ ।
सिरहाको बरियारपट्टि गाउँपालिका– ५ हरिपुरका ५० वर्षीय जिबेन्द्रनारायण यादवले सिराहाकै औरही गाउँपालिका–३ का हरी नारायण यादवकी १९ वर्षीय छोरी विभा कुमारी यादवसँग बिहे गर्न लागेका थिए ।
![](https://everestwall.com/wp-content/uploads/2018/01/marrige.jpg)
वाल विवाह भइरहेको खबर पाउने वित्तिकै प्रहरी पठाएर रोक्न लगाएको डिएसपी रामेश्वर कार्कीले बताएका छन् । प्रहरीले बेहुलीका बुवा, ठूलो बुवा, दाजु र बेहुला पक्षका दुई जना गरी ५ जनालाई मण्डपबाटै पक्राउ गरेको छ । कानूनको उल्लङ्घन नगर्ने कागज गरेपछि प्रहरीले तारेखमा रिहा गरेको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर बेहुलीको उमेर १९ वर्ष मात्र रहेकाले विवाह रोकिएको प्रहरीको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्