केटीको निहुँमा ग्याङ फाईट, अन्सलको मृत्यु
ललितपुरको पुल्चोकमा युवतीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्लीमा ग्याङ फाइट भएको थियो । १२/१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।
झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् । उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो ।
प्रहरीका अनुसार दुई समूहबीच केटीको निहुँमा झडप भएको थियो । घटनामा संलग्न कृष्ण तामाङ सहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्