सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु, उद्दार जारी

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आइतबार बिहान त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा परी हालसम्म ५ जनाको मृत्यु भएको धादिङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।

तस्विरः अनलाइनखबरबाट

मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । दुर्घटनामा २८ जना घाइते छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यकोस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ।

काँकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा सडकबाट त्रिशुली नदीमा खसी दुर्घटनामा परेको हो ।

बसको आधा भाग पानीमा डुबेको छ । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन् । दुर्घटनाका घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्