सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बहिनी जिस्क्याउनेलाई छुरी हान्दा युवकको मृत्यु

धनकुटामा केटी जिस्क्याएको निहुँमा एक युवकको छुरी हानी हत्या गरिएको छ । छुरा प्रहारबाट महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २२ बर्षिया सन्तोष लिम्बूको मृत्यु भएका प्रहरीले जनाएको छ ।

वैशाखे पूर्णीमाको दिन साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा आफ्नो बैनी जिस्काएको निहुमा सोही वडाका २५ वर्षीय घनेन्द्र लिम्बुले सन्तोषमाथि छुरा प्रहार गरेका हुन् । सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको शव धनकुटा अस्पतालमा पोष्टमार्टम गरिएको छ । अहिले सन्तोषमाथि छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरी नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न फरार रहेका अर्का जीवन लिम्बूको खोजी कार्य भई रहेको जिप्रका धनकुटाका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्