९ जनाको हत्या भएको नजिकै झुण्डिएको शव
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही घटना भएको नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/05/suicide_ffcxrtjqls-1024x678.jpg)
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।
युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।
सामुहिक हत्या र झुण्डिएको अवस्थामा भेटिएको शवको घटनाबिच अन्तरसम्बन्ध भएनभएको अनुसन्धानपछी खुल्ने प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्