सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेफ्टी ट्यांकीमा निसास्सिएर ४ जनाको मृत्यु

मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिकाको वडा नं. ९ मा पर्ने डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए ।

उनीहरु मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको छ ।

दाउल मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्