सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फोहोरले दुर्गन्ध फैलिएपछी बिरोध प्रदर्शन

सिसडोलस्थित डम्पिङ साईडमा स्थानीयवासीले फोहोर फाल्न अबरोध गरेपछी राजधानी काठमाण्डौ फोहोरले दुर्गन्धित भएको छ । उपत्यकाका चोकचोक र गल्लीगल्ली फोहोरले हिँडिसाध्य छैन ।

https://youtu.be/x3WwJn7EOpE

क्याम्पस अगाडी थुपारेको फोहोरले दुर्गन्ध फैलीएर बसिसाध्य नभएपछी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले महानगरपालिका र फोहोर उठाउने ठेकेदारबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

क्याम्पस अगाडि सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा पनि काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको भन्दै उनीहरुले सडकको सवारी आवागमनमा अबरोध गरी बिरोध जनाएका थिए ।

वाल्मिकी क्याम्पसका विद्यार्थीहरुले फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, स्वास्थ्य मन्त्री र सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले सडकमा थुप्रिएको फोहोर बालेर केहीबेर सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको छ । फोहोर फाल्ने क्षेत्र सिसडोलका स्थानीय वासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्