सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा सेभेन इलाभेनका ग्राहकको ५.५ करोड चोरी

जापानको सेभेन–इलाभेन स्टोरका ग्राहकको खाताबाट ह्याकरहरुले करोडौँ रकम चोरी गरिदिएका छन् । स्कामरहरुले सेभेन इलाभेनका ग्राहकको अनलाइन अकाउन्टमा पहुँच पाएपछि यस्तो खालको चोरी भएको बताइएको छ ।

सेभेन इलाभेन स्टोरले यही हप्तामात्र क्यासलेस पेमेन्टका लागि स्मार्टफोन एप्लीकेसन सार्वजनिक गरेको थियो । तर, त्यसको सुरक्षाका लागि ध्यान नदिँदा यस्तो घटना भएको बताईएको छ । बीबीसीका अनुसार स्टोरका करिब ९ सय ग्राहकको खाताबाट ५.५ करोड येन (५ लाख १० हजार डलर) चोरी भएको छ ।

घटनापछि सेभेन–इलाभेन स्टोरले क्यासलेस पेमेन्ट सेवालाई बन्द गरेको छ भने रकम चोरी भएका ग्राहकको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । सेभेन–इलाभेनका अनुसार तेस्रो पक्षले सेभेन पे एपबाट ग्राहकको खातामा पहुँच बनाएको र रकम चोरी गरेका थिए ।

अमेरिकाको प्रविधिसम्बन्धि वेबसाइट जीडीनेटका अनुसार ह्याकरहरुले सो एपबाट जुनै पनि ग्राहकको पासवर्ड रिसेट गर्न सक्थे । जसका लागि जन्ममिति र इमेल मात्र आवश्यक पर्दथ्यो । धेरै ग्राहकको यो जानकारी अनलाइनमा प्राप्त गर्न सकिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्