काभ्रे र रामेछापमा पहिरोले पुरेर ३ को मृ*त्यु
शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृ*त्यु भएको छ । मृ*त्यु हुनेहरुको सनाखत भएको छैन ।
काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृ*त्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्