बाढीपहिरोका कारण ६ को मृ*त्यु, ५ जना बेपत्ता
गृह मन्त्रालयका अनुसार लगातार परेको बर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृ*त्यु भएको छ । मन्त्रालयले देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृ*त्यु भएको हो ।
झरीपछि आएको पहिरोमा परी रामेझरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृ*त्यु भएको छ । झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृ*त्यु भएको छ । त्यस्तसै खोटाङमा ३ जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।
![Flood in Rautahat, Heavy rainfall](https://everestwall.com/wp-content/uploads/2019/07/rautahat-duabn-flood-1024x642.jpg)
मोरङ र सुनसरीमा बाढीका कारण एक/एक जना बेपत्ता भएका छन भने पर्सामा बाढीले बगाएर एकजनाको मृ*त्यु भएको समाचार प्राप्त भएको छ । त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन् ।
रौतहटको लालबकैया नदीमा पानीको बहाव बढेपछी उक्त क्षेत्र जोखिमपुर्ण बनेको छ । बर्षाका कारण आएको बाढीका कारण पुर्वपश्चिम राजमार्ग समेत अबरुद्ध बनेको छ ।
![Pahiro in kavre Flood in nepal](https://everestwall.com/wp-content/uploads/2019/07/pahiro-in-kavre-1024x683.jpg)
यता काठमाण्डौमा अविरल बर्षाका कारण सिंहदरबारको पर्खाल भत्किएको छ । बाग्मती र बिष्णुमती लगायतका खोलाहरुमा मानिको बहाब उच्च भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्