सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमती बला*त्कारको आरोपमा पक्राउ परे युवराज

दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका–६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती क*रणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

सुनिताले बिहीबार श्रीमान कार्कीले जबरजस्ती क*रणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती क*रणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । सुनिताको जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालय धरानले उनका श्रीमानलाई पक्राउ गरी जबरजस्ती क*रणी ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो ।

प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ । सुनिता र युवराजले गत वैशाख २७ गते मागी विवाह गरेको स्थानीय आनन्द सुवेदीले बताएका छन् ।

Rape to wife

सुनिताले युवराजले घरमा भित्र्याएदेखि नै आफूविरुद्ध कुटपिट गरी जबरजस्ती क*रणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती क*रणी गरेको किटानी जाहेरी दिएकी हुन् । श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले युवराज विरुद्धको जाहेरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको बताएका छन् । युवराजले श्रीमतीसँगको सामान्य झगडा भएको बताउँदै स्थानीय महिलाको उक्साहटमा लागेर आफूविरुद्ध मुद्धा हाली फसाइएको गुनासो गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्