वडा कार्यालयमा आगजनी, कागजपत्र भए खरानी।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० को कार्यालयमा आगलागी भयको। आगलागीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचरहरु जलेर नष्ट भएका छन् ।
बुधबार बिहान कारीब साढे तीन बजेतिर आगलागी भएको हो । आगलागी भयको जानकारी पाएलगत्तै स्थानीय बसिन्दाहरुले आगो निभायका थिए । स्थानीयले आगो निभाइसकेपछि प्रहरीटोली घटनास्थल पुगेको थियो । बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर निरीक्षण गरिसकेपछी जलेका सामानहरु बाहिर निकालेको थियो ।
एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान काम नलाग्ने गरी जलेको वडाअध्यक्ष भक्तबहादुर खड्काले जानकारी दियका छन । बिहान साढे पाँच बजेतिर आगो लागेको जानकारी पाउने बित्तिकै आफू तत्काल घटनास्थल पुगेको बताउँदै उनले भने, ‘फर्निचर त फेरि किन्न सकिएला, तर अभिलेखहरु अब कहाँ पाउनु ?’
करिब २० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन बनाइएको थियो । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए ।
वडाअध्यक्ष खड्काले यसअघि कसैको धम्की, चेतावनी पनि नआएको र कसले आगो लगायो भन्ने खुल्न नसकेको बताए ।
अहिलेसम्म आगजनी गर्ने व्यक्ति वा समूह पत्ता लागेको छैन । प्रहरीले पनि कसैलाई पक्राउ गरेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्